१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रिकेटको ‘स्पष्ट फिक्सिङ’ बारे छानबिन समितिले बुझायो प्रतिवेदन

अ+ अ-

काठमाडौँ । नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको निष्कर्षसहित छानविन समितिले प्रतिवेदन बुझाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टिमले त्यसबारे छानविन गरेको थियो । छानविन समितिमा डिएसपी सुन्दर तिवारी सहितका अधिकृतहरु सदस्य थिए । सिआईबीका एआईजी उत्तमराज सुवेदीलाई समितिले प्रतिवेदन बुझाएको हो ।

समितिले स्पष्ट फिक्सिङ भएको तथ्यसहित थप अनुसन्धान गर्न सिफारिस गरेको छ । समितिको प्रतिवेदनको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलमलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका अर्का सदस्य आदिल अन्सारीलाई ब्यूरोले सप्तरीको राजविराजबाट पक्राउ गरेको छ ।

छानविनको क्रममा ब्यूरोले खेलाडी र अफिसियलहरुसँग सोधपुछ गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट टी-ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन-३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् ।

नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ खेल्ने खेलाडीले ५ लाखसम्म लिने गरेको प्रारम्भिक छानविनबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्-‘१ लाख देखि ५ लाखसम्म लिएर स्पट फिक्सिङ गरेको देखिन्छ, सो रकम खेलाडीहरुको खातामा जम्मा भएको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस