प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका अध्यक्षले पठाए फिर्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका अध्यक्षले पठाए फिर्ता


९ माघ २०७९, सोमबार


काठमाडौँ । हुम्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिई फिर्ता पठाएका छन् ।

मन्त्रालयले गाउँपालिकासँग समन्वय नगरी नन्दराज गिरीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाएको भन्दै अध्यक्ष सिंहले फिर्ता पठाउन पत्राचार गरेका हुन् ।

अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही विवादित बनेपछि मन्त्रालयले पुस २९ गते गिरीलाई खटाएको थियो । मन्त्रालयले उनलाई जिल्ला निर्वाचन कार्यालय सल्यानबाट काज सरुवा गरेको हो ।

सरुवा भई आएका गिरीले हाजिर गर्न पाएका छैनन् ।
गाउँपालिका अध्यक्ष सिंहले मन्त्रालयलाई पुस २९ गते पत्र लेख्दै हाजिर नगराई फिर्ता पठाउने ब्यहोराको पत्राचार गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस