अब कक्षा ९ मा भरेको रजिस्ट्रेसन फाराम कक्षा १२ सम्म हुने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अब कक्षा ९ मा भरेको रजिस्ट्रेसन फाराम कक्षा १२ सम्म हुने


८ माघ २०७९, आइतबार


काठमाडौँ । कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेपछि कक्षा १० सम्म पढ्न पाइन्छ । कक्षा १० पास गरेर ११ मा पढ्दा पुनः रजिस्ट्रेसन फाराम भर्नुपर्ने हुन्छ ।

जबकि कक्षा ९-१२ लाई माध्यमिक तह मानिएको छ । तर, एउटै तह पास गर्नको लागि दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यता छ । यो वर्षदेखि भने त्यो बाध्यता अन्य हुने भएको छ । 

यो वर्षदेखि कक्षा ९ मा भरेको रजिस्ट्रेसन फारामले कक्षा १२ सम्म काम लाग्नेछ । कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेपछि कक्षा १२ सम्मको लागि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको हो । 

बोर्डका अध्यक्ष महाश्रम शर्माले यो वर्ष कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेका विद्यार्थीहरूले कक्षा ११ मा पुनः भर्नु नपर्ने बताए ।

माध्यमिक तहमा पटक पटक फाराम भर्नुपर्ने बाध्यताको अन्त्य गर्दै यो वर्षदेखि एक पटक मात्र फाराम भने हुने बनाउन लागिएको उनको भनाई छ । जसले गर्दा यो वर्ष कक्षा ९ मा अहिलेसम्म रजिस्ट्रेसन फाराम खुलेको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस