२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१ र २ रुपैयाँका सिक्का छाप्ने मेसिन नेपालमै तयार 

अ+ अ-

काठमाडौँ । चलनचल्तीमा रहेका नेपाली सिक्का छाप्नको लागि टक्सार विभागले मेसिन तयार पारेको छ । राष्ट्र बैङ्क अन्तर्गतको टक्सार विभागले पुराना मेसिनलाई मर्मत सम्भार गरी सिक्का छाप्न सक्ने अवस्थामा पुर्‍याएको हो । विभागले परीक्षणका रूपमा चलनचल्तीको नमुना सिक्का छाप्न (बनाउन) थालिसकेको छ ।

करिब दुई दशकपछि टक्सारले नेपालमै परीक्षणका रूपमा सिक्का छाप्न थालेको राष्ट्र बैङ्क टक्सार विभागका निर्देशक विनोदराज आचार्यले जानकारी दिए । नेपालमा दुई दशक अघिसम्म राष्ट्र बैङ्कले सुन्धारास्थित टक्सार विभागबाट सबै प्रकारका सिक्का (चलनचल्तीका र सुन तथा चाँदीका स्मारिका) बनाउँदै आएको थियो । पछि राष्ट्र बैङ्कले चलनचल्तीका सिक्का बनाउन छोड्यो । त्यसपछि चाँदीका स्मारिका सिक्का र सुनका असर्फी मात्र बनाउन थाल्यो ।

अहिले पुराना मेसिनलाई मर्मत सम्भार गरेर चलनचल्तीका सिक्का छाप्न मिल्ने गरी बनाएर तयारी अवस्थामा पुर्‍याइएको र परीक्षणका रूपमा केही थान सिक्का छपाइ गरिएको निर्देशक आचार्यले बताए । परीक्षण सफल भएको र राष्ट्र बैङ्कको उच्च व्यवस्थापनले चलनचल्तीका सिक्का नेपालमै छपाइ गर्ने भन्ने निर्णय गरेको अवस्थामा टक्सार विभाग सबै पक्षबाट तयार भएको उनले दाबी गरे ।

उक्त सिक्का छपाइका लागि हाल ४ वटा मेसिन रहेको र प्रति मेसिनले एक सेकेन्डमा २ वटा सिक्का तयार गर्न सक्ने बताइएको छ । यसरी हेर्दा १ मिनेटमा ४ सय ८० वटा र एक घण्टामा २८ हजार ८ सय ८० वटा सिक्का उत्पादन गर्न सक्ने टक्सार विभागले जनाएको छ ।

केही वर्षयता नेपालले एक र दुई रुपैयाँका कागजी नोट छाप्न छोडेको छ । ती दरका रुपैयाँको सिक्का मात्र छाप्दै आएको छ । ती सिक्का विदेशमै छापिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस