बुद्ध एयरले बेच्यो २५ वर्ष पुरानो जहाज « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बुद्ध एयरले बेच्यो २५ वर्ष पुरानो जहाज


८ माघ २०७९, आइतबार


काठमाडौँ । बुद्ध एयरले बिचक्राफ्ट बिक्रि गरेको छ ।

बुद्धले पहिलो व्यावसायिक उडान थालेको बिचक्राफ्ट बिक्री गरेको हो । बुद्धले बिचक्राफ्ट ‘बी १९०० डी’ जहाजबाट १९९७ अक्टोबर ११ मा व्यावसायिक उडान सुरु गरेको थियो ।

उडान सुरु गरेको २५ वर्षपछि कम्पनीले जहाज बिक्री गरेको हो । अब बुद्धले सबै उडान एटीआर विमानबाट गर्ने छ ।

बुद्धले बिचक्राफ्ट बिक्री गरेर ७२ सिटे एटीआर विमान खरिद गरिरहेको छ । एटीआर विमान नेपाली आकाशमा सबैभन्दा सुरक्षित मानिन्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस