२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वत प्रशासन कार्यालयमा स्तनपान कक्ष

अ+ अ-

पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले सेवाग्राहीको समस्या र आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्ष निर्माण गरेको छ ।

पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्त्वका साथ उठिरहेको बेला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । उनका अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउनका लागि यस्तो व्यवस्था गरिएको हो । बिहीबारदेखि स्तनपान कक्ष सञ्चालनमा ल्याइएको छ । दुधे बालकसहित सेवाग्राहीका रूपमा आएकी फलेवास नगरपालिका-१ कार्किनेटाकी कुमारी केसीलाई स्तनपानकक्षमा लगी स्तनपान गर्न लगाएर उक्त कक्षको शुभारम्भ गरिएको हो । सो अवसरमा आमा र बच्चालाई खादा ओढाएर सम्मान गरिएको थियो ।

जिल्ला प्रशासनमा सुरुआतसँगै जिल्लाका सबै सरकारी कार्यालयमा सेवाग्राहीका लागि स्तनपान कक्ष, खानेपानीको व्यवस्थालगायत सेवाग्राहीमैत्री वातावरण बनाउन प्रजिअ सापकोटाले कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयबाट स्तनपानकक्षको व्यवस्थापनका लागि दुई लाख प्राप्त भएकाले सोही रकमले व्यवस्थापन गरिएको हो । पछिल्लो समय कार्यालयमा सेवा लिन आउने महिलाको सङ्ख्या बढ्दै जाने र कार्यालयभित्र काम हुँदाहुँदै केही समय कुर्नुपर्ने अवस्थामा सहजरूपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन् र सुरक्षित स्थानमा स्तनपान गराउन सकुन् भन्ने उद्देश्यले स्तनपान कक्ष सञ्चालनमा ल्याइएको प्रजिअ सापकोटाले जानकारी दिए ।

उनले भने, ‘कार्यालयमा काम लिएर आउने कतिपय महिलासँगै स्तनपान गर्ने बच्चासमेत आउँछन्, सार्वजनिक स्थानमा लाजका कारण उनीहरूले दूध नखुवाउने गरेका कारण, बच्चाहरू समस्यामा पर्ने, रुने कराउने हुन्छ त्यसैले स्तनपान कक्ष बनाएका हौँ ।’

यसअघि विसं २०७४ मा गण्डकी प्रदेश सरकारअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालयको झण्डै रु नौ लाख लागतमा भवन निर्माण गरी स्तनपान कक्ष बनाइएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले स्तनपान कक्षा बनाएर सेवा सुरु गरे पनि पछिल्लो समय प्रभावकारी हुन सकेको थिएन ।

कार्यालयले ज्येष्ठ नागरिक, फरक क्षमता भएकाका लागि समेत विशेष व्यवस्था गरेको छ, जसले गर्दा उनीहरूको काम छिट्टै सम्पन्न हुन थालेको छ । केही समयअघि जिल्ला प्रशासन कार्यालयमै स्वास्थ्य परीक्षण सुविधासमेत सुरुआत गरिएकामा अहिले भने हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस