२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्यानमा मापदण्ड विपरीत सञ्चालित क्रसर बन्द

अ+ अ-

सल्यान । सल्यानमा मापदण्ड विपरीत रहेका सबै क्रसर बन्द भएका छन्। जिल्लामा मापदण्डविपरित रहेका ५ वटा क्रसर र एक बालुवा प्रशोधन केन्द्र बन्द भएका हुन्। प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले दर्ता नभएका क्रसर र दर्ता भएर नवीकरण नगरेका बालुवा प्रशोधन केन्द्र बन्द भएको जानकारी दिए।

सिंह एण्ड ब्रोदर हमाल जिबी कम्पनी–काला खेत, कालिका प्यासिफिक ज्वाइन्ट भेन्चर–कालिमाटी, पिके निर्माण सेवा प्रालि–शारदा, बेचालु अवस्थामा रहेको खड्का पिएस निर्माण सेवा–कुमाख र निर्माणाधीन जाभा धुलिखेल जेबी कम्पनी मिनी क्रसर–बन्गाड बन्द भएका छन्। ढुंगीबगरमा रहेको बागेश्वरी एग्रीग्रेट बालुवा प्रशोधन केन्द्र दर्ता गरेको भए पनि नवीकरण नभएकाले बन्द भएको हो।

जिल्ला प्रशासन कार्यालय सल्यानले गत पुस २२ गते सूचना जारी गर्दै जिल्लाभित्र अवैध रूपमा सञ्चालित क्रसर बन्द गर्न निर्देशन दिएको थियो।

प्रचलित कानुन र मापदण्ड विपरीत अनुमति नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी तथा उत्खनन, प्रशोधनमा संलग्न रहेका क्रसर र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर आयोजना समाप्तिपछि पनि सञ्चालनमै रहेका क्रसर तत्काल बन्द गर्न व्यवसायीको ध्यानाकर्षण गराएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काद्वारा जारी सूचनामा आयोजना सकिए पनि सञ्चालनमै रहेका क्रसर तत्काल बन्द गर्न उद्योग, निर्माण व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकायसमेतलाई यसको निगरानी गरी बन्द गर्न सघाउन अनुरोध गरिएको छ। अटेर गरे कानुनबमोजिम कडा सजाय हुने चेतावनी दिएको थियो।

प्रतिक्रिया दिनुहोस