जनताको अधिकार सुनिश्चित हुनेमा आशङ्का छ : सांसद शर्मा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जनताको अधिकार सुनिश्चित हुनेमा आशङ्का छ : सांसद शर्मा


७ माघ २०७९, शनिबार


काठमाडौँ । माओवादी केन्द्रका सांसद नारायणी शर्माले यो सदनले जनताको अधिकार सुनिश्चित गर्ने कुरामा विगतका अनुभवले केही अशंका भइरहेको बताएकी छन् । उनले त्यो आशङ्कालाई हटाउनका लागि कानुन र नीति निर्माण गरेर निवारण गर्नुपर्नेमा जोड दिएकी हुन् ।

इन्दिरा रानाको समर्थन रहेकी शर्माले शनिवार संसद्मा बोल्दै उपसभामुख चयन लोकतान्त्रिक प्रक्रियाबाट भइरहेकोमा खुसी व्यक्त गरिन् । इन्दिरा रानाले सामाजिक क्षेत्रमा जसरी आफ्नो भूमिका निर्वाह गरिन् । त्यो कारणले पनि उनी असर नेतृत्वकर्ता हुनेमा आफूलाई विश्वास लागेको बताइन् ।

यति बेला एउटा मधेसी चेली र एउटा जनजाति चेली उपसभामुखका लागि उभिएकी छन् । त्यसले सदनको गौरवलाई झन् उच्च बनाएको छ, उनले भनिन्, ‘यो सदनको एउटा गौरवको रूपमा इन्दिराले अगाडि बढाउनु हुन्छ भने विश्वास लागेको छ ।’

उनले इन्दिरालाई उपसभामुखमा चयन गर्न मतदान गर्न सबैलाई आग्रह पनि गरिन् । यसअघि चित्र लेखा यादव सडकबाट सभामुख चलाएको पनि सांसद शर्माले सम्झिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस