काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बैंकले आजको लागि निर्धारण गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ५० पैसा र बिक्री दर १३० रुपैयाँ १० पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ २६ पैसा र बिक्री दर १४० रुपैयाँ ९१ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ८२ पैसा र बिक्री दर १६० रुपैयाँ ५६ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५२ पैसा र बिक्री दर ३५ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
