रास्वपाबाट रानामगर र काँग्रेसबाट यादव उपसभामुखको प्रतिस्पर्धामा  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

रास्वपाबाट रानामगर र काँग्रेसबाट यादव उपसभामुखको प्रतिस्पर्धामा 


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काँग्रेसबाट उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार रास्वपाकी इन्दिरा रानामगर र काँग्रेसकी मुक्ता कुमारी यादव प्रतिस्पर्धामा छन् ।

५२ वर्षीया रानामगर झापाको अर्जुनधारा निवासी हुन् भने ४५ वर्षीया यादव धनुषाको सहिदनगर नगरपालिकाकी हुन् । उनीहरू दुवै जना समानुपातिक सांसद हुन् ।

रानामगरको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम र समर्थकहरूमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन रहेका छन् । यादवलाई काँग्रेसका बद्रीप्रसाद पाण्डेले प्रस्ताव गरेका हुन् भने भने लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरीले समर्थन जनाएका छन् ।

उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस