छिमेकीविरुद्ध कार्ड खेल्दैनौँ, जायज चासो-चिन्तालाई सम्बोधन गछौँ : ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

छिमेकीविरुद्ध कार्ड खेल्दैनौँ, जायज चासो-चिन्तालाई सम्बोधन गछौँ : ओली


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरूसँग कुनै कार्ड नखेल्ने बताएका छन् ।

नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरूको जायज चासो-चिन्तालाई सम्बोधन गरेर अगाडि जाने उनले बताए ।

एमालको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘दुइटा छिमेकीसँग कार्ड खेल्ने होइन हामीले भनेका छौँ । हाम्रो अभ्यास पनि त्यस प्रकारको होइन ।’

उनले अघि भने, ‘हामी हाम्रा छिमेकीहरूका निम्ति असल छिमेकी हुन चाहन्छौँ । उनीहरूको कुभलो गर्दैनौँ । भलो चिताएर उनीहरूलाई सहयोग पुर्‍याएर उनीहरूका जायज चासो, चिन्तालाई सम्बोधन गरेर अगाडि जान्छौँ ।’

नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र कुनै सैन्य गतिविधिमा सामेल नहुने उनले बताए । ओलीले भने, ‘हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रमा कुनै सम्झौता गर्दैनौँ । पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध कायम गर्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस