हाम्रो मुख्य प्रतिस्पर्धी एमाले हो, उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौँ : रमेश लेखक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हाम्रो मुख्य प्रतिस्पर्धी एमाले हो, उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौँ : रमेश लेखक


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले काँग्रेसको राजनीतिक प्रतिस्पर्धी नेकपा एमाले रहेको बताएका छन् ।

उपसभामुख चयनको विषयमा छलफल गर्न बोलाएको काँग्रेस पदाधिकारीको बैठकपछि नेता लेखकले काँग्रेसको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका हुन् ।

उनले भने, ‘संघमा हामी सबैभन्दा ठूलो दल हो र प्रदेशसभामा पनि सबैभन्दा ठूलो दल हो । प्रतिस्पर्धा गर्नुपर्ने सबै ठाउँमा प्रतिस्पर्धा गछौँ । तर राजनीतिक प्रतिस्पर्धा त एमालेसँग हो नि । त्यसैले उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौँ ।’

नेता लेखकले सर्वदलीय बैठकमा राष्ट्रिय सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेससँग छलफल नगरेको गुनासो गरे ।

उनले उपसभामुख पदमा सत्ता बाहिरको दलसँग पनि छलफल गरिराखेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस