उपसभामुख पदमा मुक्ता यादवलाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपसभामुख पदमा मुक्ता यादवलाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने भएको छ । शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीसहित प्रभावशाली नेताहरूको बैठकले सांसद मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी यादव समानुपातिक सांसद हुन् ।

काँग्रेसले सभामुख पदमा पनि महिला उम्मेदवार बनाएको थियो । पार्टीबाट ईश्वरीदेवी न्यौपाने उम्मेदवार बनेकी थिइन् । बिहीबार भएको सभामुखको चुनावमा उनले काँग्रेससहित नेकपा (एस) र लोसपाको भोट पाएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस