नगरपालिकाले गर्‍यो कम्प्युटर अपरेटरलाई मालपोतमा सरुवा  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नगरपालिकाले गर्‍यो कम्प्युटर अपरेटरलाई मालपोतमा सरुवा 


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । एक नगरपालिकाले सङ्घबाट स्थानीयमा समायोजन भएका कम्प्युटर अपरेटरलाई मालपोत कार्यालयमा सरुवा गरेको भेटिएको छ । 

गण्डकी प्रदेशको बुर्तिवाङ, बागलुङस्थित ढोरपाटन नगरपालिकाले कम्प्युटर अपरेटर दीपक श्रीपालिलाई मालपोत कार्यालय बुर्तिबाङमा सरुवा गरेको हो । उनी कर्मचारी समायोजनका क्रममा सिँचाइ विकास सब डिभिजन कालिकोटबाट सहायक स्तर पाँचौँमा ढोरपाटन नगरपालिकामा समायोजित भएका थिए । 

श्रीपालिलाई नगरप्रमुख स्तरीय निर्णय नै गरी आफूसँग भएका जिन्सी सामान अधिकृत छैटौँलाई बरबुझारथ गरी जान भनेको छ । ‘मालपोत कार्यालयमा खटाइएको छ । यस नगर कार्यपालिकाको मिति २०७९/०९/२९ को नगर प्रमुख स्तरीय निर्णय बमोजिम अर्को आदेश वा निर्णय नभएसम्मका लागि मिति २०७९/१०/०९ देखि लागू हुने गरी तपाईँलाई मालपोत कार्यालय बुर्तिवाङ, बागलुङमा कामकाज गर्ने गरी खटाइएको छ’, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ‘कार्यालय प्रमुखले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुहुन र तपाईँको जिम्मा रहेका यस कार्यालयका सम्पूर्ण चल अचल जिन्सी सामानहरू अधिकृत छैटौँ श्री चण्डीराज पौडेललाई बरबुझारथ गर्नुहुन समेत जानकारी गराइन्छ ।’

कानुनमा कहिँकतै उल्लेख नै भएको सरुवा कसरी गर्नुभयो भन्नेबारे नगरप्रमुख देव कुमार नेपाली र प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीसँग बुझ्न खोज्दा नगरप्रमुख नेपालीले फोन उठाएनन् भने प्रशासकीय अधिकृत ज्ञवालीको मोबाइल अफ छ । 

कानुनमा कहिँकतै हुँदै नभएको स्थानीय तहका कर्मचारीलाई मालपोतमा सरुवा गरेर नगरपालिकाले व्यवस्थालाई नै चुनौती दिएको छ ।  कानुनमा हुँदै नभएको व्यवस्था विपरीत गरेको निर्णय गैर कानुनी भएको सङ्घीय मामिला तथा सामान्य  प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता रुद्रसिंह तामाङ बताउँछन् । ‘अन्तर निकाय सरुवा गर्न पाउने व्यवस्था नै छैन’, प्रवक्ता तामाङले भने, ‘कानुन भन्दा बाहिर गएर गरेको निर्णय त सरुवा नै हुँदैन’

हेर्नुहोस् नगरपालिकाले मालपोत कार्यालयमा कामकाजमा खटाएको पत्र
यो हेर्नुहोस् समायोजन पत्र

Tags :
प्रतिक्रिया दिनुहोस