२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा. रुइत

अ+ अ-

काठमाडौँ । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताएका छन् ।

बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा.रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्ड पाएको बताए । उनले अवार्ड मुलुकका लागि सानो कुरा नभएकाले राज्यले पनि खुसी मनाउनुपर्ने उल्लेख गरे ।

‘आँखाको क्षेत्रमा ३५ वर्षदेखि गर्दै आएको कर्म हेरेर संसारले पनि मेरो सम्मान गर्दो रहेछ भन्ने थाहा भयो’, डा. रुइतले भने, ‘अवार्डबाट संसारको मानचित्रमा नेपालीले राम्रो काम गर्दा रहेछन् भन्ने देखाएको छ । नेपालीको आत्मसम्मान र प्रतिष्ठा विश्वभर बढाएको छ । त्यसलाई बचाउन यसले ठुलो सहयोग गरेको छ ।’

सुरुमा अवार्ड पाउने खबर सुन्दा आफूलाई विश्वास नलागेको डा. रुइतको भनाइ थियो । ‘यति ठुलो अवार्ड पाउँदा एक छिन त म आफैँले विश्वास गर्न सकेन । पछि राम्रो लाग्यो । अनि अवार्ड पाएको कुरा कसलाई भनूँ, कसलाई भनूँ भयो’, उनले भने ।

अवार्डले संसारमा अन्धोपनका क्षेत्रमा नेपाली गरेको योगदानलाई स्थापित गरेको डा रुइतको भनाइ छ । उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयन दर्ता गराएका थिए । छ व्यक्ति तथा संस्था छनोट चरणको अन्तिम सूचीमा परेका थिए ।

वरिष्ठ आँखा चिकित्सक डा.रुइतले नेपालमा अझ पनि पहुँच नपुगेको ठाउँमा आँखाको क्षेत्रमा काम गर्न प्रयास गरिरहेको बताए । उनले सबै मिलेर नेपालमा पहुँच नभएको ठाउँमा आँखाको सेवालाई विस्तार र सर्वसुलभ बनाउन आवश्यक रहेको उल्लेख गरे । ‘आँखाको लेन्स बनाएर अन्तर्राष्ट्रियरुपमा निर्यात गर्नुपर्छ’, उनले भने ।

बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्व राजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको राशि १० लाख डलर रहेको छ ।

डा रुइतले मोतीबिन्दु उपचार गर्ने सरल विधि (रुइतेक्टोमी र इन्ट्रोकुलर लेन्स) को विकास गरेका छन् । उनलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस