सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध, पसलभित्र चुरोट देखाउन नपाइने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध, पसलभित्र चुरोट देखाउन नपाइने


५ माघ २०७९, बिहिबार


काठमाडौँ । सार्वजनिक स्थलमा धूम्रपानमाथि प्रतिबन्ध लगाउन मेक्सिकोले कठोर कानुन कार्यान्वयनमा ल्याएको छ ।मेक्सिकोले सन् २००८ मा बार, रेस्टुराँ र कार्यस्थलमा धूम्रपानरहितका क्षेत्रहरू स्थापना गरिनुपर्ने कानुन ल्याएको थियो ।

अहिले त्यसलाई सबै खालको सार्वजनिक क्षेत्रमा धूम्रपान गर्न नमिल्ने भनेर विस्तार गरिएको बिबीसीले जनाएको छ । त्यसमा पार्क, समुद्री तट, होटेल, कार्यालय र रेस्टुराँहरू पर्छन् । सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन र प्रायोजनमा पनि पूर्ण प्रतिबन्ध लगाइने छ । अर्थात् पसलभित्र चुरोट देखाउन पाइने छैन ।

सन् २०२१ मा अनुमोदन गरिएको उक्त कदमले सुर्तीजन्य पदार्थ सम्बन्धी विज्ञापनमाथि प्रतिबन्ध लगाएको हो । नयाँ कानुन अनुसार अब धूम्रपान गर्ने व्यक्तिले या त आफ्नो घरभित्र वा अरू निजी परिसरमा मात्रै चुरोट पिउन सक्नेछन् ।

कैयौँ अरू ल्याटिन अमेरिकी देशहरूले सार्वजनिक स्थलमा धूम्रपानमाथि प्रतिबन्ध लगाए पनि मेक्सिकोले लगाएको धूम्रपान विरोधी कानुनलाई विश्वकै सबैभन्दा कठोर कानुनका रूपमा लिइएको छ । कानुनमा भेप र इ–सिगरेटहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस