धौलागिरी क्षेत्रमा बेपत्ता सोलुखुम्बुका कार्कीको शव ३ महिनापछि भेटियो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

धौलागिरी क्षेत्रमा बेपत्ता सोलुखुम्बुका कार्कीको शव ३ महिनापछि भेटियो


५ माघ २०७९, बिहिबार


सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-२ काँगेल बोगलका बाल कुमार कार्कीको शव भेटिएको छ । गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका २७ वर्षीय कार्कीको शव मंगलबार फेला परेको हो ।

हिमपात भएको बेला बेपत्ता बनेका कार्कीको शव हिउँ पग्लँदै गएपछि देखिएको मृतकका आफन्त सूर्यबहादुर बस्नेतले बताए । उनको शव हेलिकप्टरमार्फत पोखरा ल्याई त्यहाँबाट गाडीमार्फत काठमाडौँ पठाइएको छ।

शवलाई हाल पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको बताइएको छ । फुल सिजनल माउन्टेन ट्रेक्स प्रा.लि.बाट पदयात्रामा निस्किएका गाईड कार्की बेसक्याम्पको खरपासमा खसेर बेपत्ता भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस