एसएसपी कार्कीद्वारा पदभार ग्रहण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एसएसपी कार्कीद्वारा पदभार ग्रहण


४ माघ २०७९, बुधबार


काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गरेका छन्।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की २८ पुसमा काठमाडौँ जिल्लाको प्रमुख पदमा सरुवा भएका थिए ।

प्रहरी प्रधान कार्यालयबाट काठमाडौँ जिल्लाको जिम्मेवारी पाएको ६ दिनपछि एसएसपी कार्कीले बुधबार बिहान टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यालयमा प्रहरी अधिकारीले कार्कीलाई स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै एसएसपी कार्कीले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफू केन्द्रित हुने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस