लाइसेन्स निलम्बनका लागि ८६ वटा सवारी विभाग  पठाइयो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लाइसेन्स निलम्बनका लागि ८६ वटा सवारी विभाग  पठाइयो


४ माघ २०७९, बुधबार


काठमाडौँ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच (५) पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ८६ जना सवारी चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनको लागि बुधबार यातायात व्यवस्था विभागमा पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुरमा लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

निलम्बनका लागि पठाइएका सवारी चालक अनुमति पत्र मध्ये १ जना २९ पटक, १ जना २६ पटक, १ जना २४ पटक, १ जना २३ पटक, २ जना १८ पटक, १ जना १७ पटक, २ जना १६ पटक, २ जना १५ पटक, २ जना १३ पटक, ३ जना १४ पटक, ४ जना १२ पटक, ७ जना १० पटक, ८ जना ११ पटक, ९ जना ९ पटक, ११ जना ८ पटक, १३ जना ६ पटक र १८ जना ७ पटक  ट्राफिक प्रहरीको कारबाहीमा परेका थिए । 

यसरी ५ पटक भन्दा बढी कारबाहीमा परेका ८६ जना सवारी चालकका सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात व्यवस्था विभाग मिनभवन पठाएको हो । ट्राफिक नियम उल्लङ्घन गरिरहने चालकहरूबाट नै धेरै जसो सवारी दुर्घटना हुने गरेकोले सुरक्षित यात्राका लागि नियम पालना गर्न भट्टले अनुरोध गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस