स्रोत नखुलेको साढे २२ लाखसहित वीरगञ्जमा २ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्रोत नखुलेको साढे २२ लाखसहित वीरगञ्जमा २ जना पक्राउ


४ माघ २०७९, बुधबार


पक्राउ

काठमाडौँ । स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित वीरगञ्जमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्जको नगवाका ३४ वर्षे विकास साह र मनियारी बस्ने सुवासकुमार साह रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ५०० र १००० दरका साढे २२ लाख रुपैयाँ नगद, मोबाइल र भारती नम्बरको स्कुटर बरामद गरेको छ । वीरगञ्जको घण्टाघर नजिकै शङ्कास्पद रूपमा हिँडिरहेका उनीहरूलाई रोकेर सोधपुछ गर्दा रकम फेला परेको थियो ।

त्यो रकम हुन्डीको भएको आशङ्कामा उनीहरूलाई बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस