लुम्बिनीका सभामुख र उपसभामुखद्वारा शपथ ग्रहण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

लुम्बिनीका सभामुख र उपसभामुखद्वारा शपथ ग्रहण


४ माघ २०७९, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख तुलाराम घर्ती मगरलाई प्रदेशसभा नियमावली, २०७९ बमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराएका हुन्।

आफूले शपथ लिएपछि सभामुख घर्तीले उपसभामुख मेनुका खाँड केसीलाई शपथ ग्रहण गराए।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो एक बजे शपथ ग्रहण समारोह आयोजना गरिएको थियो। सभामुखको शपथग्रहण पश्चात् उपसभामुख मेनुका खाँड केसीको शपथ ग्रहण भएको छ।

प्रदेशसभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितिमा सभामुखसमक्ष उपसभामुखले शपथ लिएकी हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस