माओवादी केन्द्रका नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नु पर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रका नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नु पर्ने


४ माघ २०७९, बुधबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई चिकित्सकहरूले कलेजो प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् ।

कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिसकेको हुनाले उनको अबको उपचार प्रत्यारोपण नै रहेको सुमेरु सिटीले जनाएको छ ।

नेता पुन हाल ललितपुरको सुमेरु अस्पतालमा उपचाररत छन् ।

नेपालमा कलेजो प्रत्यारोपण त्यति सहज नभएकाले भारत वा चीनमा कहाँ गर्ने भन्ने विषयमा छलफल भइरहेको अस्पतालले जनाएको छ ।

पुनले यसअघि थाइल्यान्ड र चीनमा उपचार गराउँदै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस