नागरिकता विधेयक प्रमाणीकरण प्रक्रिया अघि बढाउन दलहरुलाई आयोगको पत्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नागरिकता विधेयक प्रमाणीकरण प्रक्रिया अघि बढाउन दलहरुलाई आयोगको पत्र


४ माघ २०७९, बुधबार


काठमाडौँ । मधेसी आयोगले नागरिकता विहीनहरूका समस्या समाधानको लागि बनाइएको नागरिकता सम्बन्धी विधेयक २०७९ प्रमाणीकरणको लागि आवश्यक प्रक्रिया अगाडी बढाउन विभिन्न राजनीतिक दलहरुलाई पत्र पठाएको छ ।

नागरिकता विहीन सङ्घर्ष समितिका पदाधिकारीहरूले आयोगमा पुगेर आयोगका अध्यक्ष डा.विजयकुमार दत्त समक्ष नागरिकता नभएको कारण राज्यको हरेक सेवा सुविधा बाट वञ्चित हुनुपरेको भन्दै नयाँ राष्ट्रपतिको नियुक्ति पश्चात् नागरिकता विधेयक २०७९ प्रमाणीकरणमा विशेष भूमिका निर्वाह गरिदिन आग्रह सहितको ज्ञापन पत्र बुझाएका थिए ।

सो ज्ञापन पत्र बुझेपछि अध्यक्ष डा.दत्तले नागरिकता नहुनुको पीडा आयोगले पनि बुझेको र आयोगले यसमा गर्न सक्ने सबै किसिमको सहयोगबाट पछाडि नहट्ने प्रतिबत्तासमेत व्यक्त गरेका छन् ।

सो ज्ञापन पत्रलाई मध्यनजर गर्दै अध्यक्ष डा. दत्तको निर्देशनमा आयोगले सबै शीर्ष राजनीतिक दलहरुलाई विधेयक प्रमाणीकरणको लागि आवश्यक प्रक्रिया अगाडी बढाउन पत्र पठाएको हो ।

नागरिकता सम्बन्धी विधेयक २०७९ दुई पटक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपति समक्ष पुगे पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएकोले आफूहरूलाई राज्यको विभिन्न सेवा सुविधाबाट वञ्चित हुनुपरेको सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस