चीनमा जनसङ्ख्या घट्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चीनमा जनसङ्ख्या घट्यो


४ माघ २०७९, बुधबार


बेइजिङ । चीनमा दशकौँपछि पहिले पटक जनसङ्ख्या घट्दोक्रममा देखिएको छ। राष्ट्रिय तथ्याङ्क ब्युरोले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा आठ लाख पचास हजार जनसङ्ख्या कम भएको छ।

यो सङ्ख्यामा हङकङ, मकाउ र विदेश रहेका बासिन्दाहरू बाहेक मुख्य भूमि चीनमा मात्र रहेका समावेश छन्। यहाँ गत वर्ष एक करोड ४१ लाख मृत्यु दर्ता गरिएको थियो भने ९० लाख ५६ हजार नवजात थिए। हाल चीनको कुल जनसङ्ख्या १.४१ अर्ब छ। कुल जनसङ्ख्यामा पुरुषको सङ्ख्या ७२ करोड र महिलाको सङ्ख्या ६८ करोडको हाराहारीमा पुगेको छ।

जनसङ्ख्यामा देखिएको यो गिरावट देशले अङ्गीकार गरेको एक सन्तानको कडा नीतिको परिणाम रहेको बताइएको छ।

पछिल्लो समय चीनले एक सन्तानको नीति त्यागेर दुई वा तीन सन्तान जन्माउन प्रोत्साहन गर्न खोजेको छ तर त्यो नीति पनि त्यति प्रभावकारी देखिएको छैन। जनसङ्ख्यामा आएको यो गिरावटमा अर्को मुख्य कारक तत्त्वकारूपमा शहरी क्षेत्रमा बालबालिका हुर्काउने लाग्ने खर्चलाई पनि लिने गरिएको छ।

चीन लामो समयदेखि विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र बनेको छ यद्यपि भारतले चीनलाई छिट्टै उछिन्ने अनुमान गरिएको छ। हाल भारतको जनसङ्ख्या १.४ अर्बभन्दा बढी रहेको र क्रमशस् बढ्दै गइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस