३२.७२ अङ्कले बढ्यो सेयर बजार  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

३२.७२ अङ्कले बढ्यो सेयर बजार 


३ माघ २०७९, मंगलबार


काठमाडौँ । मङ्गलवार(आज) सेयर बजार परिसूचक नेप्से ३२.७२ अङ्कले बढेको छ । मङ्गलवार १.५२ प्रतिशतले बढेको बजार २१८२.११ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण सेयर कारोबार भएको थिएन । 

मङ्गलवार बैङ्किङ उपसूचकबाहेक सबै उपसूचकको मूल्य बढेको छ । सबैभन्दा धेरै जलविद्युत र होटेल उपसूचकका लगानीकर्ताले कमाएका छन् । मङ्गलवार २५० धितोपत्रको ६३ हजार ४३० वटा कारोबारबाट १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँको कारोबार भएको छ ।

मङ्गलवार ग्रिन भेन्चर लिमिटेड, आदर्श लघुवित्त, पिपुल्स हाइड्रो, वाराही हाइड्रो, घलेम्दी हाइड्रोसहितका कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । प्रभु सेलेक्ट फन्डका लगानीकर्ताले सबैभन्दा धेरै ८।४५ प्रतिशतले गुमाए । मङ्गलवार अपि पावर, अपर तामाकोशीसहितका कम्पनीको धेरै कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस