सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक


३ माघ २०७९, मंगलबार


काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको सभामुख चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। 

जसअनुसार बुधबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। 

उम्मेदवारको सूची बुधवारै अपराह्न सवा ४ बजे प्रकाशन गर्ने सचिवालयको कार्यतालिका छ। सत्ता गठबन्धनमा सभामुख एमालेले पाउने सहमति भएको छ। पुस ५ गते बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन हुँदैछ। 

एमालेमा देवराज घिमिरे, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ र विद्या भट्टराई सभामुखका आकाङ्क्षी छन्।

काँग्रेसले भने सभामुखमा उम्मेदवार उठाउने नउठाउने बारे पनि निर्णय लिइसकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस