पोखरा विमान दुर्घटना : शव काठमाडौँ पठाइँदै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पोखरा विमान दुर्घटना : शव काठमाडौँ पठाइँदै


३ माघ २०७९, मंगलबार


गण्डकी । आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ ।

शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ ।

चिन्न नसकिने अवस्थाका, काठमाडौँसहित आसपासका, विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाइने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

‘हालसम्म पहिचान भएका २०–२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी परीक्षण भइरहेको छ’, उनले भने, ‘अन्य शव लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ ।’

शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०–११ बजेतिर काठमाडौँ पठाउने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस