काठमाडौँ। सत्ता साझेदार दलहरूबिच मन्त्रालयको भागबन्डामा समझदारी जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार(आज) ५ बजेदेखि चलेको छलफलपछि मोटामोटी सहमति जुटेको हो ।
सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकमा दलहरूले आ–आफ्ना अडान लिँदा छलफल लम्बिएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउने समझदारी भएको छ ।
सम्बन्धित समाचार : मन्त्रालय बाँडफाँट टुंङ्ग्याउन सत्ता साझेदार दलका शीर्ष नेता ४ घण्टादेखि बैठकमा
सम्भवतः मङ्गलवार दिउँसो मन्त्रीहरूको शपथग्रहण हुनेछ ।