क्याप्टेन कमल केसीसहित थप ११ जनाको सनाखत « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

क्याप्टेन कमल केसीसहित थप ११ जनाको सनाखत


२ माघ २०७९, सोमबार


काठमाडौँ । यती एयरको ९-एन एएनसी एटिआर-७२ विमान दुर्घटनामा परेर ज्यान गुमाउने क्याप्टेनसहित थप ११ जनाको सनाखत भएको छ । विमानका क्याप्टेन कमल केसीसहित हालसम्म ४२ जनाको सनाखत भएको हो ।

अहिलेसम्म गायिका निरा छन्त्याल डा. सुशील श्रेष्ठ र सोना दिवाकरको छोराको शवको सनाखत भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (गण्डकी अस्पताल)ले जनाएको छ ।

विमानमा सवार जमुना शर्मा, शालिग्राम आचार्य, बन्दना सुनार, सीता गुरुङ, अनुषा गुरुङ, शिवकुमार गुरुङ, राजुसिंह ठकुरी, अनिल शाही र फ्रान्सेली नागरिक पास्कल एलेक्सको शव पहिचान भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस