२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस पटक देखिएको डेङ्गुमा सेरोटाइप-३ स्वरूप

अ+ अ-

काठमाडौँ । नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप-३ स्वरूपको डेङ्गु धेरै देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप–३ स्वरूपको डेङ्गु पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए ।

उनले विगतका वर्षभन्दा यस पटक सेरोटाइप–३ धेरै देखिएको बताए । ‘यस भन्दाअघि पनि हामीले नमुना परीक्षण गर्दा थोरै मात्रामा सेरोटाइप–३ देखिएको थियो’, उनले भने, ‘यस पटक भने बिरामी पनि धेरै भएकाले धेरै जनामा सेरोटाइप–३ देखिएको छ ।’

सामान्यता एक पटक डेङ्गु भएकालाई पुनः डेङ्गु हुँदा सेरोटाइप–३ देखिने सम्भावना रहेको उनको भनाइ छ । उनकाअनुसार तीन ठाउँमा गरिएको ३३४ वटा नमुना परीक्षणमा ८१ जनामा सेरोटाइप–३ देखिएको छ भने दुवै खालका स्वरूप ९मिक्स० भने ६ जनाको नमुना परीक्षणमा देखिएको छ ।

सामान्यता एक पटक डेङ्गु देखिएकालाई अर्को पटक देखिँदा सेरोटाइप–२, सेरोटाइप–३ देखिने गर्दछ । ‘सरोटाइप–१ र सेरोटाइप–२ भइसकेका बिरामीले डेङ्गुसँग लड्ने क्षमता बनाइसकेका हुन्छन्’, उनले भने, ‘यही ती दुई स्वरूपको सङ्क्रमण भइसकेका बिरामीलाई पुनः डेङ्गु भयो भने सेरोटाइप–३ हुन्छ ।’

राष्ट्रिय प्रयोगशाला टेकुमा दुई सय ७२ परीक्षणमध्ये ५९, त्रिविको ल्याबमा गरिएका ५० नमुनामध्ये १७ र धरानमा १२ नमुना परीक्षणमध्ये पाँच जनामा सेरोटाइप–३ देखिएको छ । यस्तै, टेकुमा सेरोटाइप–१ प्रजाति एक सय २६, सेरोटाइप–२ प्रजाति २९ र ५३ नमुना परीक्षणमा डेङ्गु देखिएको थिएन ।

यस्तै, त्रिविमा ५० जनामा गरिएको नमुना परीक्षणमा सेरोटाइप–१ स्वरूप २१ र सेरोटाइप–२ स्वरूप पाँच जना र छ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थिएन । यस्तै, धरानमा १२ जनामा गरिएको परीक्षणमा सात जनामा सेरोटाइप–१ देखिएको थियो ।

महाशाखाले यसअघि २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ मात्र देखिएको उनले जानकारी दिए । डेङ्गु पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु लाग्दछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्यान्ट डा विमल चालिसेले अघिल्लो पटक बिरामीमा देखिएको डेङ्गीको स्वरूप पछिल्लो फेरि डेङ्गु देखिएका स्वरूप परिवर्तन गरी जटिल समस्या देखिने बताए ।

‘पहिलो पटक सेरोटाइप–१ डेङ्गुको स्वरूप देखिएको छ भने अर्को पटक सङ्क्रमण हुँदा सेरोटाइप–२ वा सेरोपाइप–३ देखिन्छ’, उनले भने, ‘यसरी पुनः डेङ्गु देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्दछ ।’

उच्च ज्वरो आउने र टाउको दुख्ने, बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने लक्षणजस्ता पहिले सङ्क्रमण भएको भन्दा दोस्रो पटक डेङ्गु भएका बिरामीलाई गराउने गर्दछ ।

यस्तै, सामान्य प्रकारको डेङ्गुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने जस्ता लक्षण देखा पर्दछन् । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको संक्रमण देखिँदै आएको छ ।

सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेङ्गु देखिएको र डेङ्गुबाट ८८ जनाको ज्यान गइसकेको छ । महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा।दाहालले डेङ्गु संक्रमण पूर्णरुपमा नियन्त्रणमा नआइसकेकाले हप्तामा औसतमा सातदेखि आठ जनामा देखिने गरेको बताए ।

सन् २००६ मा ३२ जना, २०१० मा ९१७ जना, २०१३ मा ६८६ जना, २०१६ मा एक हजार ५२७ जना, २०१७ मा दुई हजार १११ जना, २०१८ मा ८११ जना र २०१९ मा डेङ्गु बढेको पाइन्छ । तीमध्ये सबभन्दा बढी २०१९ मा १७ हजार ९९२ जनामा डेङ्गुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेङ्गुको सङ्क्रमण कम देखिएको छ । सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेङ्गुका बिरामी देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस