विमान दुर्घटनाप्रति पाकिस्तानद्वारा दुःख व्यक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विमान दुर्घटनाप्रति पाकिस्तानद्वारा दुःख व्यक्त


१ माघ २०७९, आइतबार


आइनजीओलाइ देश छाड्न सरकारको आदेश

काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति पाकिस्तानले दुःख व्यक्त गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गरेको हो ।

मन्त्रालयले यस घटनाबाट आफूहरू दुखित भएको बताउँदै आफ्ना प्रार्थना शोक सन्तप्त परिवारका सदस्यसँग रहेको उल्लेख गरेको छ । यस दुखद घडीमा पाकिस्तान नेपालको साथमा रहेको विज्ञप्तिमा बताइएको छ । यसअघि अमेरिका, चीन र भारतले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेको थियो ।

आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका( १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस