जहाज दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जहाज दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त


१ माघ २०७९, आइतबार


Ser-Bahadur-Deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले दुःख व्यक्त गरेको जनाएका हुन् ।

देउवाले सबै संयन्त्रलाई परिचालन गरी उद्धार कार्य तीव्र बनाउन सरकारलाई आग्रह गरेका छन् । घटनामा परि दिवङ्गत हुनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट देउवाले समवेदना प्रकट गरे  । 

काठमाडौँबाट पोखराका लागि आज बिहान १०ः३० बजे उडेको चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको यति एयरलाइन्सको ९ एन-एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको घटना भएको थियो  ।

Tags :
प्रतिक्रिया दिनुहोस