विमान दुर्घटनाको प्रभावकारी उद्धार गर्न ओलीको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विमान दुर्घटनाको प्रभावकारी उद्धार गर्न ओलीको आग्रह


१ माघ २०७९, आइतबार


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स जहाज दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

उनले प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् ।

काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको थियो ।

यो खबरले अत्यन्त दुःखी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस