२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घट्यो नेप्से

अ+ अ-

काठमाडौँ । लगातार १५० अङ्कले उकालो लागेको सेयर बजारमा पछिल्ला दुई कारोबार दिनमा ६२ अङ्कको करेक्सन आएको छ । गएको मङ्गलवार र बिहीबार (आज) दुई कारोबार दिनमा नेप्से ६२.३८ अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मङ्गलवार परिसूचक २१ अङ्कले घटेको थियो । बिहीबार ४१.०४ अङ्कले घटेर २१४९.३९ विन्दुमा रोकिएको छ ।

यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मङ्गलवार सात अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज पाँच अर्ब ४७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

यस दिन २५२ धितोपत्र एक करोड ४४ लाख ८२ हजार ९५९ कित्ता खरिद–बिक्री भएको छ । बिहीबार लगानीकर्ताको सम्पत्ति (कुल बजार पुँजीकरण) ३१ खर्ब तीन अर्ब १५ करोड रुपैयाँ कायम भएको छ । मङ्गलवारको तुलनामा कुल बजार पुँजीकरण घटेको छ । मङ्गलवार कुल बजार पुँजीकरण ३१ खर्ब ६२ अर्ब ४० करोड रुपैयाँ थियो ।

आज चार धितोपत्रको मूल्य सर्वाधिक वृद्धि भएको छ । कुमारी धन वृद्धि योजना र सिंगटी हाइड्रो इनर्जीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । वाराही हाइड्रोपावर पब्लिक लिमिटेड र एनआईबिएल समृद्धि फण्ड-२ को मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सर्वाधिक रकमको सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको २२ करोड २० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । रिडी पावर कम्पनीको १७ करोड ८३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये व्यापार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक ०.६६ प्रतिशतले वृद्धि भएको छ ।

परिसूचक सर्वाधिक घट्नेमा फाइनान्स कम्पनी छ । यो समूहको परिसूचक ३.७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस