काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ५६ पैसा र बिक्री दर १३१ रुपैयाँ १६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ २३ पैसा र बिक्री दर १४० रुपैयाँ ८८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९७ पैसा र बिक्री दर १५९ रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
