आयल निगमलाई सचिवको प्रश्न : ५२ वर्ष एकाधिकारपूर्ण बजार पाएको निगमको अवस्था कहाँ छ ?  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आयल निगमलाई सचिवको प्रश्न : ५२ वर्ष एकाधिकारपूर्ण बजार पाएको निगमको अवस्था कहाँ छ ? 


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाल आयल निगमको वित्तीय अवस्थालाई लिएर वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले प्रश्न उठाएका छन् । निगमको सञ्चालक समिति अध्यक्षसमेत रहेका सचिव मरासिनीले निगमको ५३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ५२ वर्षसम्म एकाधिकारपूर्ण बजार पाएको निगमको अवस्था कहाँ छ भनेर प्रश्न गर्नुपर्ने अवस्था रहेको बताए ।

अवसरलाई हितमा प्रयोग गर्न नसक्दा निगम चुकेको भन्दै उनले भने, ‘५२ वर्षदेखि एउटै घरानाले चलाएको संस्थाको अवस्था कहाँ छ ? निगमले अवसरलाई हितमा बदल्न सकेन ।’

नागरिकको दैनिकीसँग जोडिएको वस्तुको कारोबार गर्ने भएकाले संस्थाबारे समाजले प्रश्न गर्ने भन्दै उनले त्यसलाई चुस्त बनाएर मात्रै जवाफ दिन सकिने बताए । निगम बलियो भए मात्रै आपूर्ति व्यवस्था चुस्त हुने र उपभोक्तालाई लाभ दिन सकिने सचिव मरासिनीको भनाई थियो । आफ्नो नेतृत्वकालमा इन्धनको मूल्य स्वचालित प्रणालीमा लैजाने सञ्चालक समिति अध्यक्षसमेत रहेका मरासिनीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस