चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् ।
भरतपुरको वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाउँमा २७/२८ वर्षका प्रेम रानामगर झुन्डिएको अवस्थामा र उनकी श्रीमती २४/२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ ।
मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले झुन्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरूले बताएका छन् ।