प्रतिनिधिसभाले पूरा काम गर्न पाउनुपर्छ : देउवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभाले पूरा काम गर्न पाउनुपर्छ : देउवा


२५ पुस २०७९, सोमबार


काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको पूरा कार्यकालका लागि सांसदहरूको ध्यानाकर्षण गराएका छन् ।

१८ महिना अघि संसद् विघटन भएर विशेष परिस्थितिमा आफू प्रधानमन्त्री बनेपछि अघिल्लो प्रतिनिधिसभाले पूरा कार्यकाल काम गर्न पाएको भन्दै यस पटक पनि प्रतिनिधिसभाको पूरा कार्यकालका लागि शुभकामना दिएका हुन् ।

‘आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त हो । मेरो नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन समयमै सम्पन्न गरेको छ,’ देउवाले भने, ‘यो काममा सहयोग गर्ने देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु ।’

उनले संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान संविधानसभाले पनि पूरा कार्यकाल काम गर्नु पाउनुपर्ने बताए ।

दलिय आधारमा पहिलो वक्ताका रूपमा बोलेका देउवाले प्रधानमन्त्री निर्वाचित भएकोमा पुष्पकमल दाहाल प्रचण्ड र सबै निर्वाचित सांसदहरुलाई बधाई दिएका थिए । सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेर आफ्ना भनाइ राखेका देउवाले वर्तमान प्रतिनिधिसभासँग जनताका धेरै अपेक्षा रहेको बताए ।

‘यो प्रतिनिधिसभासँग जनताको थुप्रै अपेक्षा छन् । ती अपेक्षा पूरा गर्नु हामी सबैको कर्तव्य हो,‘ देउवाले भने, ‘जनताका अपेक्षा पुरा गर्न यो प्रतिनिधिसभा सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस