शीतभण्डार सञ्चालनपछि किसान हर्षित « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शीतभण्डार सञ्चालनपछि किसान हर्षित


२३ पुस २०७९, शनिबार


म्याङ्लुङ । तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा शीतभण्डार सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका मौसमी फलफूल, तरकारी भण्डारण गरी बेमौसममा राम्रो मूल्यमा बिक्री गर्न सकुन् भन्ने उद्देश्यले शीतभण्डार सञ्चालनमा आएको हो । तेह्रथुममा शीतभण्डार नहुँदा बिक्री नभएका तरकारी तथा फलफूल खेर जाने गरेका थिए ।

म्याङ्लुङ नगरपालिका-९ साब्लामा एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएसँगै किसान उत्साही बनेका छन् । यहाँका किसानले वर्षौँदेखि भोग्दै आएको समस्या समाधान गर्न प्रदेश सरकारको सहयोगमा कियाचु सहकारी संस्थाले जिल्लामै पहिलो पटक शीतभण्डार सञ्चालनमा ल्याएको हो ।

साब्लामा शीतभण्डार बनेपछि किसानलाई राहत मिलेको कियाचु सहकारी संस्थाका उपाध्यक्ष टङ्कमाया लिम्बुले बताइन् । उनी भन्छिन्, ‘अहिले हामी नै किसानको घरघरमा गएर फलफूल किनेर ल्याएर स्टोर गरेका छौँ ।’ अरू किसानले पनि बिस्तारै कृषि उपज ल्याउन थालेका छन् । तेह्रथुमका छ पालिकामध्ये म्याङ्लुङ नगरपालिका र फेदाप गाउँपालिका किसानले सुन्तला बढी स्टोरमा ल्याउने गरेको टङ्कमाया लिम्बूले बताइन् ।

सहकारीले अहिले तेह्रथुमका सुन्तला खरिद गरी तराईका जिल्लामा निर्यात गरिरहेको छ । तेह्रथुममा शीतभण्डार बनेपछि यहाँका सुन्तला कुहिने र बिक्री नहुने समस्या समाधान भएको किसान होमबहादुर खापुङले बताए । कृषकका बारीमा नै गएर सहकारीले उचित मूल्यमा सुन्तला खरिद गरी एक मुष्ट पैसा पाउँदा खुसी लागेको अर्का किसान अम्बिका कार्कीले बताए । उनी भन्छन्, ‘पहिले पहिले सुन्तला डोकोमा बोकेर बजार लग्नु पर्थ्यो, दिनभरमा एक डोको बेच्न गाह्रो पर्थ्यो तर अहिले घरमै बेच्न पाएका छौँ, समय र श्रमको बचत भएको छ ।’

तेह्रथुममा छ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको छवटै गाउँपालिकाको ग्रामीण क्षेत्रमा किसानले सुन्तला उत्पादन गर्दै आएका छन् । तेह्रथुममा वार्षिक तीन हजार आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलना यस वर्ष उत्पादन बढ्ने ज्ञान केन्द्रको अनुमान छ । जिल्लामा उत्पादन हुने लाखौँको तरकारी र फलफूल खेर जाने तथा अन्य समयमा जिल्ला बाहिरबाट आयात हुने अवस्था थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस