आजको मौसम : तराईमा हुस्सु, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आजको मौसम : तराईमा हुस्सु, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो केही पहाडी क्षेत्रमा आंशिक बदली हुने बाँकी ठाउँमा भने मौसम सामान्यतया सफा रहने अनुमान छ ।

अबको २४ घण्टा तराईका धेरै भू-भागमा बाक्लो हुस्सु/कुहिरो लाग्नेछ र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस