मृतकको हातबाट ब्रास्लेट चोर्ने अस्पतालका गार्ड पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मृतकको हातबाट ब्रास्लेट चोर्ने अस्पतालका गार्ड पक्राउ


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको हातमा रहेको ब्रास्लेट चोरी गरेको अभियोगमा अस्पतालकै गार्ड पक्राउ परेका छन्। 

पुस १७ गते नारायणगढ-मुग्लिन सडकको केराबारीमा ना ५६ ख ३३१२ नम्बरको ट्रकको ठक्करबाट प्रदेश-०३-००३ प ६५७४ नम्बरको मोटरसाइकलका चालक घाइते भएका थिए।

तनहुँको भानु नगरपालिका-२ ठेगाना भई भरतपुर-१ मा बस्दै आएका मोटरसाइकल चालक ३७ वर्षीय सञ्जीवबहादुर रायमाझीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। 

मृतकको शव आकस्मिक कक्ष नजिकै रहेको कोठामा रहेको अवस्थामा हातमा लगाएको ब्रास्लेट चोरी भएको थियो।

मृतकका परिवारले मृतकले हातमा लगाएको ब्रास्लेट र पैसा हराएको जानकारी प्रहरीलाई गराएका थिए।

अनुसन्धान गर्दै जाँदा उक्त ब्रास्लेट अस्पतालका गार्डले नै चोरी गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

चोरीमा संलग्न खोटाङको ऐसेलुखर्क-५ ठेगाना रहेका गार्ड २७ वर्षीय कृष्ण राईलाई पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस