२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थ्रेसहोल्ड नकट्नुको कारण चुनावमा राम्रोसँग नखटेर हो : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत मंसिरको चुनावमा नेता तथा कार्यकर्ता राम्रोसँग जनताका बीचमा नखटेकोले थ्रेसहोल्ड पार गर्न नसकिएको बताएका छन्।

थ्रेसहोल्ड पार गर्न नसक्दा (३ प्रतिशत मत) नेकपा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न सकेको थिएन भने समानुपातिकतर्फ प्रतिनिधि सभामा एक सिट पनि प्राप्त गरेको थिएन। उनले गत मंसिरको चुनावमा सोचेजस्तो परिणाम नआएको बताए।

आज पार्टी कार्यालयमा नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सांसदहरूलाई बधाई दिँदै अध्यक्ष नेपालले भने, ‘सोचेजस्तो परिणाम आएन। कतिपय मानिसहरूका अनुहार खिस्रिक्क परेको जस्तो देखिन्छ। हामीले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १० सिट जितेको हो, यसको हैसियत संसदमा हुन्छ।’

उनले पार्टीका नेता तथा कार्यकर्ताका कमजोरीले गर्दा पार्टीले थ्रेसहोल्ड नकटाएको पनि दाबी गरेका थिए। ‘जनताको मत र समर्थन हुँदाहुँदै पनि बाकसमा मत खसाल्न सकिएन र थेसहोल्ड पार भएन,’ उनले भने, ‘हाम्रा नेता कार्यकर्ता जसरी खट्नुपर्थ्यो त्यसरी भएन।’

उनले थेसहोल्ड पार गर्न नसके पनि केही नहुने बताए। ‘थ्रेसहोल्ड पार गरेको भए हामीलाई एउटा हेलिकप्टर वा हवाईजहाज दिन्थ्यो कि केही दिनेवाला थिएन। कुनै पार्टी अफिस दिन्थ्यो कि, कुनै रकम दिन्थ्यो कि केही दिन्थेन,’ उनले भने, ‘कतिपय देशमा सिटका आधारमा सरकारले पैसा दिने व्यवस्था छ। तर यहाँ केही फरक पर्ने वाला छैन।’

उनले आफूहरूको पार्टी दर्ता भएको र वैधानिक पार्टी भएको बताए। थ्रेसहोल्ड नकटाए पनि सांसदहरूलाई ह्विप लाग्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस