मुख्यमन्त्री बनेर सङ्घीयता खारेजी र राजतन्त्र पुनःस्थापना अभियान चलाउँछु : उद्धव थापा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुख्यमन्त्री बनेर सङ्घीयता खारेजी र राजतन्त्र पुनःस्थापना अभियान चलाउँछु : उद्धव थापा


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्र खारेज गर्नुपर्ने बताएका छन् । हेटौँडामा पत्रकारहरूसँग कुरा गर्दै थापाले अहिलेको राज्य संरचनाले देशलाई फाइदा नहुने भन्दै सङ्घीयता खारेजीसहित पुनः राजतन्त्र स्थापनाको आफूहरूको अभियान जारी रहने बताए ।

राप्रपाले उठाएका मागको पछाडि धेरै जनताको साथ रहेको र राप्रपा पनि मुख्यमन्त्री दाबी गर्ने मात्र हैन, मुख्यमन्त्रीको लागि निर्णायक मानिएको शक्ति रहेको देखाउन आफूहरूले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको बताउँदै थापाले आफू मुख्यमन्त्री भएपछि प्रदेश खारेजीको अभियानलाई थप तीव्र बनाएर लैजाने बताए ।

राप्रपाले सङ्घीयतामा मुलुक जाँदादेखि यो गलत भयो भन्दै सडक र सदनबाट आन्दोलन जारी राखेको भन्दै अब भित्रै गएर पनि सङ्घीयता खारेज गर्नुपर्ने अवस्थाको सृजना गर्न आफूहरू प्रदेश तहका चुनावमा सहभागी भएको उनले बताए ।

मुख्यमन्त्रीको लागि सत्ता साझेखार दलहरूले छलफल चलाएको बताउँदै थापाले यो बागमती प्रदेशमा राप्रपा निर्णायक शक्ति रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस