मधेशी समुदायको समस्या फास्ट ट्रयाकबाट समाधान गर्न निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मधेशी समुदायको समस्या फास्ट ट्रयाकबाट समाधान गर्न निर्देशन


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेशी समुदायका समस्या फास्ट ट्रयाक बाट समाधान गर्न निर्देशन दिएका छन् ।

दत्तले उदयपुरमा मधेशी समुदायसँग सम्बन्धित समस्या वा उजुरीहरुलाई गम्भीरतापूर्वक रुपमा हेरेर आवश्यक रणनीति बनाइ समाधान गर्न प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुसँगको बैठकमा अध्यक्ष डा.दत्तले जिल्लाको समग्र वस्तुस्थितिको बारेमा जानकारी लिएका छन् ।

मधेशी समुदायलाई विभिन्न अपमानजनक शब्द प्रयोग गरी होच्याउने, भेष-भुषाको आधारमा भारतीय नागरिकको रुपमा गरिने व्यवहार लगायतका समस्याहरु सम्बन्धी उजुरी आयोगमा आउने गरेको र यसले सामाजिक सद्भावमा खलल पुग्ने भन्दै दत्तले यस्ता घटनाहरु घट्न नदिन सचेतनामुलक कार्यक्रम संचालन गर्नसमेत आग्रह गरे ।

मधेशी आयोगले पनि यसमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस