नेपाल समाजवादी पार्टीको बैठक पुस २४ गते बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल समाजवादी पार्टीको बैठक पुस २४ गते बस्दै


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)को राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने भएको छ । नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको हो ।

काठमाडौँमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, वैकल्पिक आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने र केही महत्वपूर्ण निर्णय हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस