तिब्बतको पोताला दरबार चार महिनापछि नागरिकका लागि खुल्ला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

तिब्बतको पोताला दरबार चार महिनापछि नागरिकका लागि खुल्ला


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । चीनको दक्षिणपश्चिमी क्षेत्र तिब्बतमा रहेको ऐतिहासिक पोताला दरबार आजदेखि नागरिकका लागि खुला भएको छ । कोभिड–१९ महामारीका कारण पोताला दरबार चार महिनाभन्दा लामो समयदेखि बन्द रहेको थियो ।

तिब्बतको राजधानी ल्हासामा रहेको पोताला दरबार नागरिकका लागि खुला भएसँगै आगन्तुकले आउँदो मार्च १५ तारिखसम्म निःशुल्क प्रवेश गर्न सक्ने स्थानीय प्रशासनले जनाएको छ । तर भ्रमणका लागि एक दिन अगाडि नै अनलाइन रिजर्भेसन आवश्यक पर्ने पोताला दरबार प्रशासनलाई उद्धृत गरी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो दरबार हरेक दिन बिहान साढे ९ बजेदेखि दिउँसोसम्म खुला हुनेछ । तिब्बतको पोताला दरबार क्षेत्र १ लाखभन्दा धेरै सांस्कृतिक अवशेषहरूको सङ्ग्रहस्थल मानिन्छ । पोताला दरबार सातौँ शताब्दीमा तिब्बती राजा सोंगत्सा गाम्बोले निर्माण गरेको तथा १७औँ शताब्दीमा पाँचौँ दलाई लामाले विस्तार गरेको मानिन्छ । यो दरबार सन् १९९४ मा युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस