प्रचण्ड नेतृत्वको सरकार प्रभावकारी बनाउन ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाउने निर्णय  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रचण्ड नेतृत्वको सरकार प्रभावकारी बनाउन ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाउने निर्णय 


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र  बनेको छ । 

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ सात दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको नेतृत्वमा सरकारमा रहेका दलहरूका बीचमा सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गरेको हो। 

यससँगै पार्टीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्यूनतम् साझा कार्यक्रम मस्यौदा समिति गठन भएको छ । यसबाट नयाँ सरकारको काम जनअपेक्षा अनुरूप अघि बढाउन सहयोग पुग्ने विश्वास सरकारमा रहेका दलहरूको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस