२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न वाणिज्य बैङ्क तयार

अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न यहाँका वाणिज्य बैङ्कहरू तयार भएका छन् ।

आन्तरिक आम्दानीलाई बलियो बनाउने अभियान अन्तर्गत महानगरले वाणिज्य बैङ्कका प्रादेशिक कार्यालयका प्रमुखलाई बोलाएर आज छलफल गरेको छ ।

छलफलमा महानगरको आग्रहलाई स्विकार्दै बैङ्कका प्रादेशिक प्रमुखले अबदेखि ऋण प्रवाह गर्दा महानगरमा व्यवसाय दर्ता र नवीकरण भए/नभएको हेर्ने प्रतिबद्धता जनाएका छन् ।

उनीहरूले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न आफूहरू तत्पर रहेको बताए । छलफलमा महानगरभित्र सञ्चालित २१ वटा वाणिज्य बैङ्कका प्रमुखको सहभागिता थियो । महानगरको कर वृद्धि, पार्किङ व्यवस्थापन, सामाजिक उत्तरदायित्व बहन गर्ने उनीहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कहरूले गर्ने खर्च महानगरपालिकासित समन्वय र सहकार्य गरेर सञ्चालन गर्नसमेत वाणिज्य बैङ्कका प्रमुखहरू सहमत भएका छन् । छलफलमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको आन्तरिक आय बढाउन कर सङ्कलन अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

उनले विराटनगर सबैको भएकाले महानगरको अभियानमा साथ दिन आग्रह गर्दै भने, ‘बैङ्कहरूले हाल वाणिज्य कार्यालयमा दर्ता भएको प्रमाणपत्रका आधारमा ऋण दिँदै आएका छन् । अबदेखि ऋण दिँदा महानगरमा दर्ता भएको प्रमाणपत्र पनि खोजिदिनु होला ।’

बैङ्कहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरको सौन्दर्यकरणलगायतमा पनि सहयोग गर्न सक्ने भन्दै प्रमुखले भने, ‘विराटनगर तपाईँहरूको पनि हो, तपाईँहरूले यहाँको सौन्दर्यकरणसँगै एम्बुलेन्स, शवबाहन सहयोग गर्न सक्नुहुन्छ ।’ उपप्रमुख शिल्पा निराला कार्कीले बैङ्कहरूले पार्किङ व्यवस्थापन नगर्दा समस्या भएको प्रतिक्रिया दिए ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरमा स्रोतको अभाव रहेको जानकारी दिँदै आन्तरिक राजस्व कार्यालयसित कुरा गरेर बहाल कर महानगरले नै लिने व्यवस्था मिलाइएको बताए । राजस्व महाशाखा प्रमुख सरोज गौतमले महानगरको पाँच वटा वडामा कर सङ्कलन विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

आर्थिक वर्ष ४९ करोड ७८ लाख आन्तरिक राजस्व सङ्कलन गरेको महानगरले चालु आर्थिक वर्षमा ८७ करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस