सरकारमा जाने-नजानेबारे राप्रपामा चर्काचर्की, अघि सार्‍यो १० बुँदे सर्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारमा जाने-नजानेबारे राप्रपामा चर्काचर्की, अघि सार्‍यो १० बुँदे सर्त


१३ पुस २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सशर्त सहभागी हुने निर्णय गरेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन जनाएको राप्रपाले बुधबार कार्यसम्पादन समिति बैठकबाट सशर्त सरकारमा सहभागी हुने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए।

बुधबार पार्टीको केन्द्रीय कार्यालयमा बैठक ६ घण्टासम्म चलेको थियो। उनका अनुसार छ घण्टा लामो बैठकमा सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा चर्काचर्की नै परेको थियो।

सरकारमा जान नहुने भन्ने पक्षमा रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही लगायत थिए। त्यस्तै सरकारमा सहभागी हुनुपर्ने पक्षमा बुद्धिमान तामाङ, धवल शमशेर राणा, विक्रम पाण्डे, दीपक बोहोरा लगायत थिए।

पार्टी प्रवक्ता श्रेष्ठका अनुसार राप्रपाले सरकारमा सहभागी हुन १० बुँदे सर्त अघि सार्ने निर्णय गरेको छ।

उनका अनुसार पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने, मन्त्रिपरिषद्का नीतिगत निर्णय अख्तियारको दायरामा आउनुपर्ने, सबै अस्पतालमा स्वास्थ्य बीमा लागू हुनुपर्ने, राष्ट्रियता र राष्ट्रिय एकता, सुशासन, समृद्धि लगायत दस सर्त पार्टीले निर्धारण गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस