प्रचण्डसँग हरिबोल गजुरेलले मागे पार्टीमा जिम्मेवारी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रचण्डसँग हरिबोल गजुरेलले मागे पार्टीमा जिम्मेवारी


१३ पुस २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल सफल बनाउनका लागि पार्टीका उपमहासचिव हरिबोल गजुरेलसँग सहयोग मागेका छन् ।

गजुरेललाई बोलाएर प्रचण्डले प्रधानमन्त्रीलाई सहयोग पुग्नेगरि केही नियुक्ति दिने प्रस्ताव गरेका थिए । तर, गजुरेलले आफूलाई पार्टीमै भूमिका दिन आग्रह गरेका थिए ।

गजुरेलले अहिले पार्टी कमजोर भएको भन्दै आफूले पार्टी निर्माणमै केन्द्रित हुन चाहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस